काठमाडौँ, भदौ २८ – डिएसएफके ग्लोरी ५६० नेपाल भित्रिएको छ। इन्डोनेसियन ब्राण्ड डिएसएफकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले यहाँ १ वर्ष पूरा गरेको अवसरमा ग्लोरी ५६० भित्राएको हो। यसअघि कम्पनीले डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएको थियो।
यूरो ५ मापदण्डको इन्जिन दिइएको ग्लोरी ५६० को १.५ लिटरको टर्बो पेट्रोल इन्जिनले अधिकतम ५ हजार ७ सय आरपीएममा १ सय ४८ बिएच पावर र १ हजार ८ सयदेखि ४ हजार आरपीएममा २३० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै यसको इन्धन ट्याङ्कको क्षमता ५० लिटर रहेको छ।
कम्पनीले यसको सुरक्षमा विषेश ध्यान दिएको छ। यसले ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको छ।
यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ। त्यस्तै, १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पिड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर पाउन सकिन्छ।
यसमा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले , रिभाइज क्यामेरा, पुस स्टार्ट/स्टप बटम, कि लेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिन्छ।
कम्पनीले यो गाडीमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गरेको छ। त्यस्तै कम्पनीले यसको मूल्य ५७ लाख ५० हजार निर्धारण गरेको छ।
योसगैँ भविष्यमा नेपाली ग्राहकमाझ अझै उत्कृष्ट गाडी ल्याउने कुजु नेपालका संचालक उम्मिद श्रेष्ठले बताए।
‘एक वर्षमा ग्राहकले हामीलाई धरै माया दिनुभयो। कोभिड-१९ को कारणले हाम्रो काममा केही समस्या आएपनि आगामी दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँछौ,’ उनले भने।
FACEBOOK COMMENTS