काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ। बैंकको जुम्ला शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई स्विटर उपलब्ध गराएको हो।
जाडो मौसममा विपन्न परिवारका विद्यार्थीलाई विद्यालय आउन सहज बनाउने र उनीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले स्विटर वितरण गरिएको बैंकले जनाएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक वातावरण सुधारमा योगदान पुर्याउने अपेक्षासहित कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ।
सामाजिक उत्तरदायित्वसँगै बैंकले डिजिटल तथा आधुनिक बैंकिङ सेवालाई पनि विस्तार गरिरहेको छ।
बैंकले युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरका लागि विशेष बचत खाता सञ्चालनमा ल्याएको छ।
त्यस्तै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवा पनि उपलब्ध गराएको बैंकले जनाएको छ।