काठमाण्डौं– नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगको सहभागितामा १२ औं शैक्षिक मेला आयोजना गर्दै छ ।
साउन ३ देखी ५ सम्म काठमाण्डौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय शिक्षा सम्बन्धि परामर्श दिनको लागि मेला आयोजना गर्न लागेको हो ।
मेलामा ईक्यानका सदस्य स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु भारत चीन , जापान, अमेरीका, बेलायत, न्युजीलेन्ड, अष्टे«लीया लगाएत देशका कलेज तथा विश्वविद्यालयका अधिकारीक प्रतिनिधि रहने ईक्यानले जनाएको छ ।
गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको उद्देश्य राखेको छ ।
ईक्यानले वैदेशिक अध्यायनमा जाने हरेक विद्यार्थी तथा अभिभावकहरुको लागि अन्तराष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु , रहन सहन, हावा पानी , कलेज ,शुल्क लगाएत कुरा बुभm्नको लागि मेला अवलोकन गर्न पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
FACEBOOK COMMENTS