काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले शनिबार शपथ ग्रहण गर्ने भएका छन्।
कांग्रेसको १५ औं महाधिवेशको मतगणना कार्य आज दिउँसो सम्पन्न भएसँगै सभापतिको शपथ ग्रहणको समय तोकिएको हो।
फूलपातीको अवसर पारेर शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
सपथ ग्रहण तथा पद बहाली कांग्रेस केन्द्रीय कार्यालयमा २ बजे हुनेछ।