काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् भने दुई अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेका अनुसार राष्ट्रपतिले शुक्रबार विधेयक प्रमाणीकरण र अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शुक्रबार प्रमाणीकरण गरेका हुन् ।
त्यस्तै पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा– प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् ।
