काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । उनले पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
मिसबाहले नेपालमा आउन पाउँदा उत्साहित रहेको बताउदै नेपालका फ्यानहरूको क्रिकेटप्रतिको प्यासनका बारेमा सुनेको र सुदूरपश्चिमको प्रशिक्षकका रूपमा नेपालमा आउन पाउँदा निकै उत्साहित रहेको बताएका छन् ।
एनपीएलको पहिलो र दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै फाइनलसम्मको यात्रा गरेको थियो । तर, उपाधि भिडन्तमा टोली पराजित भएको थियो ।

सुदूरपश्चिमको यस अघि जगत टमाटा प्रशिक्षक रहेका थिए
