काठमाडौं । नेपाली क्रिकेटको घरेलु फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिएसँगै तयारी तीव्र पारिएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, मैदानको स्तरोन्नति र व्यवस्थापनका काम भइरहेका छन् ।
एनपिएलको तेस्रो संस्करण कार्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले अघिल्लो संस्करणबाट प्राप्त सिकाइका आधारमा यसपटक मैदानको स्तरोन्नति, टिकट व्यवस्थापन तथा दर्शकलाई सहज वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकता दिएको छ । प्रतियोगिता व्यवस्थित बनाउन आवश्यक तयारीलाई अन्तिम रूप दिइँदै छ ।





गोरखापत्र
