काठमाडौं । बडादसैँ २०८३ को अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा शान्ति र समृद्धिको कामनासहित फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ ।
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा विभिन्न बढाइँ, मार्चपास प्रदर्शन तथा गोरखाबाट ल्याइएको फूलपाती प्रदर्शन गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, जनप्रतिनिधि, नेपाल सरकारका सचिव, पूर्वप्रधानसेनापति तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।
त्यसैगरी, बहालवाला तथा अवकाशप्राप्त सैनिक अधिकारी, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारण पनि समारोहमा सहभागी भएका थिए ।

