काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
आज ओमानसँगको खेलमा विजयी भए नेपाल ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ । त्यसपछि नेपालले जारी लिग–२ प्रतियोगिता पनि छैटौं स्थानमै रहेर टुंग्याउने छ । तर, ओमानसँग पराजित भए नेपालको छैटौं बन्ने सपना समाप्त हुनेछ ।
क्यानडा २९ अंकसहित तालिकाको छैटौं स्थानमा छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने तालिकाको सातौं स्थानमा छ ।

यसअघि शीर्ष–४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने