काठमाडौं । दयाहाङ राई अभिनित ‘पेन्सन पट्टा’को कमाइ १० करोड नाघेको छ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट फिल्मको ग्रस कलेक्सन १० करोड १७ लाख ७३ हजार ८२८ पुगेको हो।
हिजो आइतबार अर्थात् प्रदर्शनको ३८ दिनसम्म फिल्मका लागि ३ लाख ५९ हजार १९४ टिकट बिक्री भएका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनरत यो फिल्मले सुरुवाती दिनमा सुस्त देखिए पनि पछि लय समातेको हो। यो फिल्म यस वर्षको धेरै कमाउने दोस्रो फिल्म बनिसकेको छ।
माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा बनेको फिल्म हो।

यस फिल्मले लाहुरे जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको कथा छ।

फिल्ममा दयाहाङ राईसहित गौमाया गुरुङ मुख्य भूमिकामा छन्। साथै विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायतको पनि अभिनय छ।

यसमा सुनील थापालाई पनि देख्न पाइन्छ। जो अहिले हामीमाझ छैनन्।