काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यू–१९ पुरुष एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण सूची सार्वजनिक गरेको छ । बन्द प्रशिक्षण आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने भएको छ ।
प्रारम्भिक सूचीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, बिपिन शर्मा, जोय थापा, सोहेल कुँवर, सौजन घिमिरे, भूपाल दंगाल र दीपक सेमेला छन् । त्यस्तै, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बैजगाईं, सुगम बुढाथोकी, आशिक बैथ, रौनक श्रीवास्तव, रोहित चन्द, ऋतिक कामत, राहुल हग र रोशन शाही पनि प्रारम्भिक सूचीमा परेका छन्।
यू–१९ पुरुष एसिया कप नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् र खेल एकदिवसीय प्रारूपमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन्। समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, मलेसिया र श्रीलङ्का रहेका छन् ।
नेपालले समूह चरणमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपअघि पोखरामा हुने बन्द प्रशिक्षणपछि अन्तिम टिम घोषणा हुने क्यानले जनाएको छ ।
