काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले असोज ८ गते देशका सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै शाखा सञ्चालनमा रहने जनाएको हो ।
बैंकका अनुसार कोशी प्रदेशअन्तर्गत इटहरी, बिर्तामोड र ट्राफिक चोक विराटनगर शाखा खुला रहनेछन् । मधेश प्रदेशमा वीरगञ्जको बाइपास रोड, मिर्चैया र जनकपुर शाखाबाट सेवा लिन सकिनेछ ।

त्यस्तै, बागमती प्रदेशमा न्युरोड, नारायणगढ, गोंगबु, चाबहिल, कलंकी, सूर्यविनायक, जावलाखेल, कुपण्डोल, नयाँसाल, ठमेल, बनेपा, कमलादी, धापासी, हेटौंडा र भरतपुर शाखा सञ्चालनमा रहने बैंकले जनाएको छ ।
गण्डकी प्रदेशमा बागलुङ र पोखरा न्युरोड शाखा खुला रहनेछन् भने लुम्बिनी प्रदेशमा भैरहवा, घोराही, नेपालगञ्ज र बुटवल मेन शाखाबाट बैंकिङ सेवा उपलब्ध हुनेछ । कर्णाली प्रदेशमा सुर्खेतको जुम्ला रोड शाखा तथा सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा, चौराहा धनगढी, टिकापुर र महेन्द्रनगर शाखा खुला रहनेछन् ।

बैंकका अनुसार ती शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछन् । शाखा खुला रहने दिन ग्राहकले आवश्यक बैंकिङ कारोबार तथा सेवा लिन सक्नेछन् ।
