काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेबारीबाट हटाउँदै केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।