काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालय पुगेका छन् ।
केसीले गृह मन्त्रालयमा आयोजित कार्यक्रममा फूली लगाएसँगै औपचारिक रूपमा प्रहरी संगठनको नेतृत्व सम्हाल्ने कार्यक्रम रहेको छ ।
केसीलाई सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई १८ कात्तिकदेखि लागू हुने गरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम केसीलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिए ।
