काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दन्र्यानी चिन्ह लगाइदिएका छन् ।
विगतमा गृह सचिवले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिने परम्परा थियो ।
नेपाल प्रहरीमा ३४ औँ आईजीपी बनेका केसीलाई सरकारले आजै आईजीपी बनाउने निर्णय गरेको थियो ।
गृहमन्त्री गुरुङले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिएपछि गृहसचिव केदारनाथ शर्माले पुष्पगुच्छा दिएर बधाई दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरीका एआईजी र डीआईजीहरूको उपस्थिति थियो ।

नयाँ आईजीपीको हेडक्वार्टरमा बहाली आजै

सरकारले दानबहादुर कार्कीलाई आईजीबाट हटायो, मनोज केसी नियुक्त