काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंक स्थापनाको ९०औं वार्षिकोत्सवको अवसरमा बिएनपिएल प्लेर्टफर्ममा आबद्ध भई आफ्ना ग्राहकहरुलाई क्रेडिट कार्डबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधाको शुरुवात गरेको छ ।
नेपाल बैंक र फिन्तारा सोलुसनस् प्रालिबीच भएको सम्झौता अनुसार नेपाल बैंकको क्रेडिट कार्ड सुविधा प्रयोग गर्ने ग्राहकले ‘बाई नाउ पे लेटर’ सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दी सुविधामा सामान खरिद गर्न सक्नेछन् । यस सुविधा अन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई कुनै ब्याज तथा सेवाशुल्क लाग्ने छैन ।
उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रदिपकुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष कुमार शर्माले हस्ताक्षर गरेका छन् । नेपाल बैंक लिमिटेड यही ३० गते ९० औं बर्षमा प्रवेश गर्दैछ ।