१–मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय,दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेनको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त, सरकारको निर्णयविरुद्ध प्रहरी महानिरीक्षक कार्की अदालत जाने,नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
२–भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौमा,परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, बिहीबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
३–डा, गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन, सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको पनि छानबिन गर्न समिति गठन
४–व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट विशेष र उच्च अदालतबाट प्रमाण मिसिल झिकाउन सर्वोच्चको आदेश,अदालतले तीनवटा कार्यहरू सम्पन्न गरी पेश गर्न आग्रह

५–इनम सापकोटा अडिओबारे छलफल गर्न राज्य व्यवस्था समिति बैठक बोलाउन नेकपा र राप्रपा सांसदहरुको माग,विगत एक महिना देखिराज्य व्यवस्था समिति बैठक बस्न सकेन

६–सेयर बजारमा सामान्य अंकको वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार, चार समूहको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक नकारात्मक देखियो

७–सुनको मूल्य बढ्दा चाँदीको घट्यो,आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्दा चाँदी तोलामा २० रुपैयाँले घट्यो सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम

८–अमेरिकाको मध्यावधि चुनावमा ट्रम्पको पार्टी पराजित, दुवै सदनमा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा स्वीकार गर्न आफू तयार रहेको दाबी
९–बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा,५० प्रतिशत हकप्रद निष्कासन गर्न एनआइसी एसिया बैंकले पायो स्वीकृति