काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ ।
काठमाण्डुले दिएको ८४ रनको समान्य लक्ष्य पछ्याएको काठमाण्डुले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
काठमाण्डुका डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकासहित अविजित ४४ र विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन बनाए । विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा ८३ रनमा अलआउट भएको थियो ।
विराटनगरका रुपेश सिंहले २७ बलमा २६, एन्जोलो म्याथ्युजले ३१ ब्लमा २२ र बसिर अहमदले १४ बलमा १० रन बनाए ।
काठमाण्डुका कप्तान करण केसी र सन्तोष यादवले समान ३ विकेट लिए । यस्तै सहान अराचिगले २, जहानदाद खान, शहाब आलम र देव साहले समान १ विकेट लिएका छन् ।
यो जितसँगै काठमाण्डु ३ खेलमा ४ अंकसहित एक स्थानमाथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ भने पराजित विराटनगर ५ खेलमा ४ अंकसहित दोस्रो स्थानमा यथावत् छ । यसअघि बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ ।
