काठमाण्डौँ — सरकारले निर्माणको उच्च प्राथमिकतामा राखेको भनिएको जाजरकोटको नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बन्न अझै ७ महिना लाग्ने भएको छ।
निर्माणको जिम्मा लिएका कम्पनीहरूले काममा ढिलाइ गर्दा तोकिएको समय अर्थात ३० महिना बित्नै लागेपनि डीपीआर बन्न समय लाग्ने भएको आयोजनाले जनाएको छ।
२०७३ वैशाखदेखि डीपीआर निर्माणको सम्झौता भइ काम सुरु भएर यस वर्षको कार्तिक मसान्तमा काम सकिनुपर्ने थियो ।
तर समयमै काम नहुँनु, कामको जिम्मा लिएकाले गम्भीर भएर निर्धारित समय ख्याल नगर्नुले तोकिएको समयमा डीपीआर नसकिएको बताइएको छ।
साढे २८ महिना अघि ३० महिनाको समय लिएर सुरु भएको डीपीआरको काम तोकिएको अवधि सकिन डेढ महिना मात्र बाँकी हुँदा ५० प्रतिशत मात्र भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामकाजी थापाले बताए।
— नागरीक
FACEBOOK COMMENTS