काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोसी बाढीपीडितले आश्रयस्थल छोड्न थालेका छन् ।
गुम्बा व्यवस्थापनले लामो समय भइसकेको र अब आफ्नै व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् ।
गुम्बा छोडेका बाढीपीडित तत्कालका लागि काठमाडौंमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् ।
सरकारले नगरे पनि टिमुरेमाथि खैदे डाँडामा बासस्थानको व्यवस्था गर्ने उनीहरूको भनाइ छ ।

