राइफलको गोलीसहित एक जना पक्राउ
कर्पोरट खबर
7:33 pm, आइतबार, कात्तिक २२, २०८३
- काठमाडौंको कलङ्कीमा प्रहरीले ४२ वर्षीय सुरेन्द्र नेपालीलाई थ्री नट थ्री राइफलको एक राउण्ड गोलीसहित पक्राउ गरेको छ।
- उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
काठमाडौं । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट सो गोली फेला पारेको हो ।
उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।