जुवा खालबाट नौ जना जुवाडे पक्राउ
कर्पोरट खबर
8:29 pm, आइतबार, कात्तिक २२, २०८३
- प्रहरीले काठमाडौंको बालुवाटारस्थित रेष्टुरेन्टबाट तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरूबाट नौ बुक तास, छ लाख ८५ हजार रुपैयाँ र १० थान मोबाइल बरामद गरिएको छ।
काठमाडौं । प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेन्टबाट आज तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट नौ बुक तास र छ लाख ८५ हजार रुपैयाँ पैसा बरामद गरेको छ ।
प्रहरीका अनुसार जुवाडेका साथबाट १० थान मोबाइल बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।