काठमाडौैं । सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन भएको छ । कोषका अनुसार गएको असोज मसान्तसम्म विभिन्न क्षेत्रका ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताबाट १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको हो ।
कुल योगदानकर्तामध्ये वैदेशिक रोजगारी क्षेत्रको हिस्सा झन्डै ७५ प्रतिशत छ । वैदेशिक रोजगारीबाट २४ लाख ५० हजार ९५८ जना कोषमा आबद्ध भएका छन् ।
यस्तै औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना र अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना जोडिएका छन् ।
औपचारिक क्षेत्रअन्तर्गत देशभरका २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आबद्ध छन् ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा गरी चार वटा योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ । अहिलेसम्म कोषबाट विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।
