दुर्घटना: पीडित परिवारको अभिभावकत्व ग्रहण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण
कर्पोरट खबर
7:01 pm, बिहीबार, कात्तिक २६, २०८३
- रास्वपाले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ।
- काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले आज विज्ञप्ति जारी गर्दै पीडितपरिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न सरकारलाई सुझाव दिएको छ । आगामी दिनमा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नेमा रास्वपा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।