काठमाडौं । तपाईंले रणबीर कपूर र साई पल्लवी अभिनित फिल्म ‘रामायण’ हेर्नुभयो रु यदि हेरिसक्नुभयो भने तपाईंलाई सबैभन्दा बढी कसको भूमिका मनपर्यो ? आफ्नो प्रतिक्रिया दिँदै गर्नुहोला, आज हामी रामायणले चलचित्र जगतमा मच्चाएको तहल्काको विषयमा चर्चा गर्नेछौं ।
बलिउडका चर्चित निर्देशक नितेश तिवारीको म्याग्नम ओपस चलचित्र ‘रामायण’ ले यतिबेला बलिउडमा मात्र नभई विश्वव्यापी रूपमै बक्स अफिसमा तहल्का मच्चाएको छ । हिन्दू धर्मग्रन्थको महाकाव्यमा आधारित यस चलचित्रले दर्शकहरूको मन मात्र जितेको छैन, कमाईको मामिलामा समेत पुराना रेकर्डहरू तोड्दै नयाँ इतिहास रचेको छ।
गत नोभेम्बर ५ मा विश्वभरि ‘रामायण’ प्रदर्शनमा आएको हो । यो चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै बक्स अफिसमा आक्रामक व्यापारको सुरुवात गरेको थियो । चलचित्रले रिलिज भएको पहिलो दिन नै भारतमा मात्र करिब ६४।८५ करोड रुपैयाँको खुद कलेक्सन गर्दै उत्कृष्ट सुरुवात गर्न सफल भयो । सप्ताहन्त र त्यसपछिका दिनहरूमा पनि यसको क्रेजमा कुनै कमी आएको छैन ।
पछिल्लो विवरण अनुसार विश्वव्यापी बक्स अफिसमा १४ सय करोड भारतीय रुपैयाँ कमाइसकेको छ । विशेष गरी रणबीर कपूरको अघिल्लो सुपरहिट चलचित्र ‘एनिमल’ को रेकर्डलाई पछि पार्दै यसले आफ्नो दबदबा कायम राखेको छ।
भारतका विभिन्न भाषामा (हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम) एकसाथ रिलिज भएको यस चलचित्रले हिन्दी संस्करणबाट सबैभन्दा धेरै करिब ७६ प्रतिशतभन्दा बढी व्यापार गरेको छ भने दक्षिण भारतका राज्यहरूमा पनि यसको भिजुअल र भव्यताले दर्शकको मन जित्न सफल भएको छ ।

चलचित्रमा अभिनेता रणबीर कपूरले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भूमिका निभाएका छन्। जुन भूमिका फिल्मको केन्द्रमा रहेको छ । कन्नड सुपरस्टार यशले यस चलचित्रमा लंकापति रावणको शक्तिशाली र खरो खलनायकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिकाको चर्चा दर्शकहरूले बढी गरेका छन् ।

दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले अत्यन्तै शालीन अभिनयका साथ माता सीताको भूमिकालाई जीवन्त बनाएकी छन् । टेलिसिरियलमा अत्यन्त रुचाइएका रवि दुबेले भगवान श्रीरामका भाइ लक्ष्मणको भूमिका निभाएका छन् । उनले पनि लक्ष्मणको भूमिकालाई एक्सन र भावनात्मक दुवै पक्षबाट प्रभावकारी ढंगले प्रस्तुत गरेको फिल्ममा देख्न सकिन्छ ।

फिल्म दुनियाँमा ‘पाजी’ भनेर चिनिने सनी देओलले महाबली हनुमानको रूपमा विशेष क्यामियो भूमिकामार्फत चलचित्रमा बेग्लै ऊर्जा भर्न सफल भएको महसुस हुन्छ । यस चलचित्रमा अरुण गोविल ९राजा दशरथको रूपमा०, लारा दत्ता ९कैकेयी०, काजल अग्रवाल ९मन्दोदरी०, अनुपम खेर ९जटायुको आवाज०, रकुल प्रीत सिंह ९शूर्पणखा० र विवेक ओबेरोय ९विद्युतजिब्हा० जस्ता चर्चित कलाकारहरूले फिल्मलाई तारिफयोग्य बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।

नायक भन्दा खलनायकको बढी तारिफ
सामान्यतया फिल्ममा नायकको भूमिकालाई सकारात्मक रूपमा हेर्ने गरिन्छ र प्रशंसा पनि नायककै गरिन्छ । तर ‘रामायण’ फिल्ममा नायक भन्दा खलनायकको बढी तारिफ गरिरहेका छन् ।
चलचित्रमा दर्शकहरूले खलनायकको भूमिकामा देखिएका सुपरस्टार यश ९रावण० को तारिफ गरिरहेका छन् । नगरुन पनि कसरी, रावणको भूमिका निर्वाह गरेका यशले आफूलाई रावणकै चरित्रमा ढाल्न निकै मेहनत गरेका छन् । उनको अभिनयमा देखिएको क्रूरता, शक्ति, विद्वत्ताको प्रशंसा गरि साध्य छैन । धेरैले उनलाई चलचित्रको वास्तविक म्यान अफ द म्याच पनि भनेका छन् । रणबीर कपूरको शान्त स्वभावको ठीक विपरीत यशको आक्रामक अन्दाजलाई दर्शकले निकै मन पराएका हुन् ।
रामको भूमिका
भगवान रामको भूमिकामा देखिएका रणबीर कपूरले पनि आफूलाई भगवान रामजस्तै निकै सन्तुलित र परिपक्व रूपमा प्रस्तुत गरेका छन् । रामायणका आदर्श, उनको आँखाको गम्भीरता र बोल्ने शैलीले दर्शकको मन जितेको छ । युद्ध मैदानको दृश्य होस् वा वनवासको पीडा, रणबीरले पात्रको मर्यादालाई पूर्ण रूपमा न्याय दिएका छन् ।
सीताको भूमिका
माता सीताको रूपमा साई पल्लवीको कास्टिङ सुरुमा केही विवादित भए पनि जब फिल्म प्रदर्शनमा आयो तब उनको अनुहारको सौम्यता, भावभंगी र शालीन अभिनयले सबैलाई हेरेको हेरै बनायो । दर्शकहरूले उनलाई सीताको रूपमा पर्दामा हेर्दा एक प्रकारको दिव्य शान्ति महसुस भएको प्रतिक्रिया समेत दिएका छन्।
लक्ष्मणको भूमिकामा देखिएका रवि दुबेको फुर्तिलो र साहसी योद्धाको रूपमा गरिएको अभिनयले दर्शकलाई हँसाउनुका साथै भावुक समेत बनाउँछ। त्यस्तै, फिल्मको उत्तरार्धतिर प्रवेश गर्ने सनी देओल ९हनुमान० को शक्तिशाली इन्ट्रीमा हलभित्र दर्शकहरूले सिट्ठी र ताली बजाएर स्वागत गरेका छन्। उनीहरूको यो जोडिप्रतिको क्रेज सोशल मिडियामा भाइरल भइरहेको छ।
‘रामायण’ निर्देशक नितेश तिवारीले सनातन संस्कृति र इतिहासलाई प्रविधिमार्फत विश्वसामु पुर्याउन जुन प्रयास गरेका छन्, त्यो सराहनीय छ र त्यसले आज सार्थकता पनि पाएको छ । ‘रामायण’ फिल्मको भाग दुई पनि बन्ने बताइएको छ ।
फिल्मको पहिलो भागको अन्त्य माता सीताको अपहरण र जटायुको अमर बलिदानसँगै सकिन्छ, जसले दर्शकहरूलाई यसको सिक्वेल ९भाग २० को लागि उत्सुक बनाएको छ। भागको सिक्वेलले दर्शकमा झनै उत्सुकता बढाएको छ र उत्सुकता मेटाउनका लागि भाग दुई पर्खनै पर्ने छ ।