काठमाण्डौँ — मुक्तिनाथ विकास बैंकले सिराहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चार नयाँ शाखा विस्तार गरेको छ।
सिराहा उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार महतोले लहान, गोलबजार नगरपालिकाका मेयर बेदनाथ शाहले गोलबजार र मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले मिर्चैया शाखाको उद्घाटन गरे ।
लालबन्दी शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
अब बैंकको शाखा ९५ पुगेको छ।
यसबाहेक बैंकले १७ वटा एटिएमबाट बैंकिङ सेवा दिइरहेको छ।
FACEBOOK COMMENTS