काठमाडौं । एनएमबि बैंकको डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ प्रणालीमा आवश्यक अपग्रेड तथा मर्मत कार्य गर्नुपर्ने भएकाले बैंकका विभिन्न सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने भएको हो ।
सेवा अवरुद्ध हुने समय तालिका मंसीर ४ गते (शुक्रबार) राति ८ बजेदेखि कात्तिक ६ गते (आइतबार) दिनको १ः३० बजेसम्म रहेको छ ।
बैंककाअनुसार यस अवधिमा बैंकद्वारा जारी गरिएका सबै डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाहरू उपलब्ध हुने छैनन् ।
कोर बैंकिङ प्रणाली अपडेटका क्रममा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमाप्रार्थी रहेको जनाएको छ । थप जानकारी वा सोधपुछका लागि बैंकको सम्पर्क नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।