एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनमा भएको पराजयबाट निराश नभई कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताइन् । एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने उल्लेख गर्दै उनले जनताको विश्वास पुनः आर्जन गर्न नेता तथा कार्यकर्ताको कार्यशैली र जीवनशैलीमा सुधार आवश्यक रहेको धारणा राखिन् ।
उनले जनताको बहुदलीय जनवाद (जबज) लाई व्यवहारमा कार्यान्वयन गर्दै पार्टीलाई अनुशासित, एकताबद्ध, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिइन् । साथै, युवाको निराशा, बेरोजगारी र विदेश पलायन रोक्न स्वदेशमै रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्नुपर्ने बताइन् ।