काठमाडौं – गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले साढे २८ अर्ब रुपैयाँ नाफा गरेको छ ।
अघिल्लो वर्ष राष्ट्र बैंकले १९ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्ष झण्डै ९ अर्ब रुपैयाँ नाफा बढाएको हो ।
अघिल्लो वर्षको नाफाबाट सरकारलाई साढे ७ अर्ब रुपैयाँ लाभांश बुझाएको थियो ।
यो वर्ष नाफा बढे पनि सरकारलाई दिने लाभांशमा भने गिरावट आउने राष्ट्र बैंकका अधिकारी बताउछन् । नाफा बढे पनि सरकारलाई कति बुझाउने हो भन्ने अझै निश्चित हुन नसकेको स्रोतको भनाई छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट यो वर्ष पुनरकर्जालाई थप रकम छुट्टाउनु परेकाले सरकारलाई दिने रकममा कमी आउने भएको हो ।
चाल आर्थिक वर्षको बजेटमा सरकारले पुनरकर्जा सीमा २० अर्बबाट बढाएर ३५ अर्ब रुपैयाँ पुर्याएको छ ।
FACEBOOK COMMENTS