काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो।
त्यसमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, २ लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने १ लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ पुँजी संकलन गर्नेछ।
