काठमाडौं । नेपालको उद्योग, व्यापार तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्याउनुभएका स्वर्गीय वृजलाल केडियाको जीवन, संघर्ष र योगदान समेटिएको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारणव्यापारीदेखि नगरसेठसम्म’ काठमाडौंमा आयोजित विशेष समारोहबीच विमोचन गरिएको छ।
पुस्तकको संयुक्त विमोचन नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायत विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो।
पुस्तकमा वृजलाल केडियाको बाल्यकालदेखि सुरु भएको व्यावसायिक यात्रा, खाद्यान्न व्यापार तथा औद्योगिकक्षेत्रमा पुर्याउनुभएको योगदान, वीरगन्जको विकासमा उहाँको भूमिका र शिक्षा, स्वास्थ्य तथा समाजसेवाकाक्षेत्रमा गर्नुभएका कार्यहरू समेटिएका छन्।
पाँच अध्यायमा विभाजित यस पुस्तकमा ४० भन्दा बढी व्यक्तिसँग गरिएका अन्तर्वार्ता, ऐतिहासिक दस्तावेज,पारिवारिक संस्मरण तथा पुराना तस्बिरहरू समावेश छन्।
साधारण व्यापारिक यात्राबाट उद्योग र समाजसेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल वृजलालकेडियाको जीवनकथा नयाँ पुस्ताका लागि उद्यमशीलता, समर्पण र सामाजिक उत्तरदायित्वको प्रेरणादायीदस्तावेज बन्ने विश्वास लिइएको छ।
