काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् ।
संस्थाको हिजो १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी संस्थामै कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
संस्थाले जारी गरेको विवरणअनुसार खनालको नियुक्ति मंसिर १४ गतेदेखि लागू हुनेछ ।
सीईओमा नियुक्त भएसँगै खनालले संस्थाको समग्र व्यवस्थापन तथा आगामी व्यावसायिक योजनाको नेतृत्व गर्नेछन् ।
उनको नेतृत्वमा संस्थाको वित्तीय व्यवस्थापन र सेवा विस्तारले थप गति लिने अपेक्षा गरिएको छ ।
