काठमाडौँ। नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमा ल्याइएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा बिहीबार नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो । त्यसपछि उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
