काठमाण्डौँ — प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद ३० सदस्यीय हुने भएको छ ।
परिषदमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ मन्त्रीहरु हुने छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाए अनुसार अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुन, संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी परिषदको सदस्य हुने छन्।
१६ जना स्वतन्त्र व्यवसायीको नाम पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको छ।
पदेन सदस्यमा नीजि क्षेत्रका ९ संघसस्थाको उपस्थिति रहने जनाइएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS