काठमाण्डौँ — कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्रमा हस्ताक्षर अब काठमाडौंमै हुने भएको छ ।
कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो ।
यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ ।
रोजगारदातासँगको सक्कली करारपत्र काठमाडौंमा पाउने व्यवस्थाको तयारी भइरहेको हो ।
कतारले आँउदो नोभेम्बरदेखि नै काठमाडौंमा भिसा सेन्टर खोल्दैछ ।
‘यसका लागि दैनिक ३ सय कामदारलाई सेवा दिन मिल्ने गरी महाराजगञ्जमा घरसमेत लिइसकेको कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बताए ।
नेपालमा कामदारसँग एउटा करारपत्रमा हस्ताक्षर गर्ने तर कतार पुगेपछि अर्को थमाउने प्रवृत्ति अन्त्य हुने पनि कोइरालाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS