काठमाण्डौँ — भोजपुरमा रहेको निर्माणाधीन इस्टर्न जलविद्युत् (५ मेघावाट) आयोजनाको सेयर (आईटीए) स्थानीयका लागि खुला गरिएको छ ।
आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत हुने गरी आयोजनाबाट प्रभावित स्थानीयका लागि सेयर खुला गरिएको आयोजनाले जनाएको छ ।
प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय, आयोजनाका पदाधिकारी र स्थानीयको संयुक्त छलफलबाट प्रभावित क्षेत्रका स्थानीयले उक्त आयोजनाको १० कित्तादेखि ३० हजार कित्ता (एक हजारदेखि ३० लाख)सम्म सेयर हाल्न पाउने व्यवस्था गरिएको हाइड्रोपावरले जनाएको छ ।
हाइड्रोपावरको कुल एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीयका लागि कुल ६ करोड २० लाख बराबरको सेयर दिन सकिने आयोजनाका अधिकृत दीपेन राईले जानकारी दिए ।
हालका लागि स्थानीयको हकमा १० प्रतिशत सेयर खुलाइए पनि आगामी मंसिरबाट जिल्लाभर नै सेयर खुलाइने जनाइएको छ ।
जिल्लामा आयोजनाको एनएमबी क्यापिटल धितोपत्र जारी गरी सेयर खुलाउने व्यवस्था गरिएको यो पहिलो पटक हो ।
विविध कारणबस झन्डै साढे पाँच वर्ष रोकिएको उक्त जलविद्युत् आयोजनाको काम अहिले ९० प्रतिशत भौतिक संरचना र ६५ प्रतिशतभन्दा बढी मेकानिकल काम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष ०७५÷७६ को मंसिर÷पुस महिनातिर सकिने लक्ष्य राखिएको आयोजनाका प्रमुख एवं इन्जिनियर रोशन साहले बताए ।
— अन्नपूर्ण
FACEBOOK COMMENTS