काठमाडौँ, अशोज २९ – गोरखाको पालुङटार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २० वेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको छ । वडा नम्वर-४ मालतीगैरामा रहेको सुदर्शन आधारभूत विद्यालय भवनमा आइसोलेसन वार्ड तयार गरिएको हो ।
विद्यालय सञ्चालनका लागि अर्काे भवन निर्माण भइरहेका कारण उक्त भवनमा आइसोलेसन वार्ड बनाइएको नगरपालिकाका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीले बताए । ‘अहिले नगरपालिकाका सबै विद्यालयहरु बन्द छन्, मंसिर ६ गतेबाट मात्र खुल्छन्,’ उनले भने, ‘त्यो बेलासम्म वैकल्पिक भवन बनिसक्छ ।’
आइसोलेसन सञ्चालनका लागि आवश्यक पूर्वाधारहरु तयार भइसकेको उनले बताए । ‘वायरिङ गरेर सीसीटिभी जडान गरिसक्यौं, बेडहरु पनि तयार भइसकेका छन्,’ गिरीले भने, ‘विजुली, खानेपानी लगायतको व्यवस्था पनि भइसकेको छ, संक्रमित आएमा आजैबाट उपचार थाल्छौं ।’
FACEBOOK COMMENTS