काठमाण्डौं — सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा देखिएको अनियमितता छानबिन गर्न गठित समितिले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ।
आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ।
सिक्टामा अनियमितताबारे छानबिन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समिति गठन गरेको थियो।
छानबिन समितिले आयोजना निर्माणमा व्यवस्थापकीय कमजोरी भएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइको पश्चिम खण्डको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्केपछि निर्माणमा अनियमितताको शंका गरी मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले सिक्टाको स्थलगत अध्ययन गर्नुको साथै माटोको परीक्षण समेत गरेको छ। स्था
मन्त्रालयद्वारा गठित छानबिन समितिले सिक्टामा भएका प्राविधिक समस्या, माटोको अवस्था, ठेक्का व्यवस्थापनका क्रममा देखिएका कमजोरी र अब सिक्टालाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित रहेर प्रतिवेदन तयार पारेको हो।
— नागरीक
FACEBOOK COMMENTS