कृषि तथा पशुपक्षी विकास मन्त्रालय गत बर्षको तुलनामा धानको उत्पादनमा १३ प्रतिशतले बृद्धीहुन अनुमान गरेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार गत बर्ष १४ लाख ६१ हजार हेक्टर जमीनमा लगाइएको धानबालीबाट कुल ५१ लाख ५१ हजार मेट्रिकटन उत्पादन भएको थियो । धान रोपेदेखी हाल सम्म मनसुनले साथ दिएको भन्दै १४ लाख १ हजार हेक्टर जमीनमा लगाएको धानबालीबाट करीब ५८ लाख मेट्रिकटन धान उत्पादनहुने मन्त्रालयको अनुमान छ ।
कुल खेतीयोग्य ३० लाख ९१ हजार हेक्टर जमिनमध्ये करीब ५० प्रतिशत जमीनमा धानखेती हुने गरेको छ । अझै पनि किसानहरु आकासे पानिको भर पर्नु पर्नेकारण अपेक्षाकृत उत्पादन भने हुन सकेको छैन ।
FACEBOOK COMMENTS