काठमाडौं, कात्तिक ६ – नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई रु ३ लाख रकम हस्तान्तरण गरेको थियो ।
सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् । नेपाल बङ्गलादेश बैंकको केन्दि«य कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द« भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक श्री सलोनिका सिंहद्धारा मुस्कान सेवा नेपालकी अध्यक्ष श्री भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरिएको थियो । गएको करिब दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सिपाडोल वडा नं ८, सूर्यविनायक, भतmपुर स्थित संस्थाले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको हो ।
साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
FACEBOOK COMMENTS