काठमाण्डौँ — राजधानीमा ‘हिमालयन हाइड्रो एक्पो २०१९’ आयोजना गरिने भएको छ।
नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गर्ने र लगानीको विभिन्न ढाँचाका बारेमा जानकारी गराउने लक्ष्यसाथ आयोजना गरिन लागेको हो ।
मेला स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान)ले आयोजना गर्न लागको हो।
आगामी माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए।
मेलामा नेपाल, चीन, भारत, दक्षिण कोरिया, नर्वे, बुल्गेरिया, अष्ट्रेलिया, अष्ट्रिया, श्रीलङ्का, बङ्गलादेशलगायत देशका प्रतिनिधि सहभागी हुनेछन् ।
मेलामा ऊर्जा क्षेत्रसँग सम्बन्धित १०० बढी कक्ष राखिने आयोजकले जनाएको छ ।
—कारोबार
FACEBOOK COMMENTS