काठमाडौं– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आजबाट सुरु भएको छ। अबको ६ महिनाभित्र रनवेको पिच सम्पन्न हुने पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताएका छन् ।
सन् २०१९ अगष्ट सम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भइ सञ्चालनमा आउने उनको दाबी छ ।
विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले ठेकेदारले चार महिनामै कालोपत्रको काम सक्ने प्रतिबद्धता जनाएको जानकारी दिए।
धावनमार्गको लम्बाई तीन किलोमिटर रहेको छ। विमानस्थलको काम विहान ६ बजेदेखि राति १२ बजेसम्म भइरहेको छ। चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन र स्थानीय ठेकेदारले दुर्इ सय कामदार परिचालन गरेर रातिसम्म काम गरिरहेको छ । विमानस्थल बनाउन चिनियाँ ७० जना र नेपाली १ सय ३० जना कामदार खटिएका छन्।
यसैगरी विमानस्थलको कन्ट्रोल टावर निर्माण गर्न लागिएको आठौँ तल्लामध्ये सातौँ तल्लाको काम अहिले भइरहेको छ।
FACEBOOK COMMENTS