काठमाडौं –
उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई बुधबार पक्राउ गरेको हो।
इन्दिरा सुगर एण्ड एग्रो प्रालिको तर्फबाट ८ करोड ५८ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको तर्फबाट ३८ करोड ६८ लाख रुपैयाँ गरी ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ। यी दुवै मिलका सञ्चालक अग्रवाल हुन्।
किसान, आपुर्ति मन्त्रालय र कृषि मन्त्रालयबाट गृहमन्त्रालयमा निवेदन परेको थियो। गृहले प्रहरी हेडक्वाटरलाई पक्राउ गर्न भन्दै पत्राचार गरेको थियो। सोही पत्राचारको आधारमा परिसरले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS