काठमाण्डौँ — माछापुच्छ्रे बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबु काजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्षसुदिप श्रेष्ठबीच हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७% सम्मको छुट पाउन सक्नेछन् ।
ओम हस्पिटलले उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यानरएक्सरे, म्यामोग्राफि, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७% छुट दिने भएको छ ।
त्यसै गरी अर्का सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५५ देखि १०% को छुट पाउन सक्नेछन् ।
नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १०% छुट दिने भएको छ ।
साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५% छुट पाउने भएका छन् ।
FACEBOOK COMMENTS