काठमाण्डौँ — युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।
कोषले शुक्रबार पत्रकार सम्मेलन गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको जनाएको छ।
आर्थिकरूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने उदेश्यले कोषले लगानी गरेको थियो।
कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमका अनुसार कोषको भाखा नाघेको कर्जा २७ करोड ५ लाख ६४ हजार रुपैयाँ छ।
ती ऋणीलाई कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराए।
— नागरीक
FACEBOOK COMMENTS