काठमाडौं, २६ कार्तिक – ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा साधारणसभा सम्पन्न भएको हो । सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आव ०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल १ अर्ब १ करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ बीमाशुल्क संकलन गर्दै ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँको जीवन बीमा कोष समेत खडा गरेको र सम्भावित जोखिमको मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तिय सँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार ६१ रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको उल्लेख गरिएको छ ।
साधारणसभाले संचालक समितिको प्रतिवेदन आव ०७५÷७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आव ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरे । साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव समेत सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको जानकारी दिइएको छ ।
FACEBOOK COMMENTS