काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको ठेक्का चिनियाँ कम्पनीलाई दिइने भएको छ।
विमानस्थलको ठेक्का चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनलाई दिइने प्राधिकरणले जानकारी दिएको छ।
उनका अनुसार भ्याट बाहेक तीन अर्ब ७५ करोडको लागतमा धावनमार्गको मर्मत सम्भार गरिने छ। सन् १९६७ देखि थपिँदै आएको पिचको लेयर कमजोर हुँदै गएपछि जहाज उवतरण गर्दा उप्कने र फुट्ने समस्या आएपछि भित्रैदेखि पुरानो पिचको ‘विक पोर्सन’ फालेर नयाँ पोर्सन थप्ने योजना रहेको प्राधिकरणले बताएको छ ।
उनका अनुसार सन् १९६७ पछि धावनमार्ग मर्मतका क्रममा क्रमशः सन् १९७५, १९८५, १९९५ र २०१० गरी चार पटकसम्म पिच थपिएको थियो।
दैनिक ८० मिटरका दरले धावनमार्गको मर्मत संभार गरिनेछ। काम सुरु गरेको दिनदेखि कम्पनीले रनवे र ट्याक्सीवेको काम १८ महिनाभित्र सक्ने छ।
धावनमार्ग मर्मत संभारका लागि आउँदो अप्रिल १ तारिखदेखि जुनको दोस्रो सातासम्म विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द गराइनेछ।
FACEBOOK COMMENTS