काठमाडौ– आर्थिक वर्षको ३ महिना आक्रमक ऋण बिस्तार गरेका बैंकहरु अहिले अर्थमन्त्रीको मुख हेरेर बसेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय निकायको बजेट निक्षेपका रुपमा परिचालन गर्न दिने प्रतिबद्धता जनाएको भन्दै बैंकहरु अर्थमन्त्रीको निर्णय कुरेर बसेका छन् ।
दसैंतिहारका लागि बैंकहरुले असोज मसान्तसम्म उच्च दरले ऋणको बिस्तार गरेका थिए। निक्षेप नआउँदै उच्च लगानी बिस्तारले तरलता अभाव भएर कतिपय बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशत नाघेको थियो।
बैंकहरुले कात्तिकमा ऋण नदिँदा सिसिडीमा सुधार देखिएको थियो।
सरकारले बजेट खर्च गर्न नसक्दा थप निक्षेप परिचालन हुने अवस्था पनि छैन। यहीबेला बैंकरको लामो समयदेखिको आग्रहलाई मान्दै अर्थमन्त्रीले स्थानीय निकायलाई बर्षभरी जाने ३०८ अर्ब बजेट निक्षेपका रुपमा परिचालन गर्न दिने प्रतिबद्धता जनाएका छन्।
बैंकहरु आक्रमक भएपछि राष्ट्र बैंकले अनौपचारिक रुपमा अस्तब्यस्त भएका केही बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर संयमित हुन निर्देशन दिएको थियो।
सिसिडी रेसियो ८० हाराहारी पुग्न लागेपछि राष्ट्र बैंकको कारवाहीमा परिने डरले पनि कतिपय बैंकले ऋण रोकेका थिए।
अर्थमन्त्रालयले अरु मन्त्रालयको खर्च गर्ने निकायहरुसँग खर्चका लागि तारन्तार दवाव दिइरहेको छ। खर्च गर्ने निकायहरु अर्थको दवावमा परेका कारण पनि सरकारी कोषको पैसा विकास निर्माणमार्फत बाहिरिने विश्लेषण बैंकरको छ।
FACEBOOK COMMENTS