काठमाण्डौ– तिहार र छठलाई लक्षित गर्दै नेपाल साल्ट ट्रेडिङले सहुल्यत मुल्यमा ग्रहाकलाई चिनी उपलब्ध गराएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं अघि सञ्चालनमा ल्यएका सुपथ मुल्य पसलमा शनिबार देखी ६८ रुपैयाँमा चिनी उपलब्ध गराएको छ ।
साल्ट ट्रेडिङका सुचना अधिकारी कुमार राज भण्डारीका अनुसार साल्ट ट्रेडिङले सात रुपैयाँ घाटा खाई तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्रहाकलाई चिनी उपलब्ध गराएको बताए ।
दशैं अघि दुई दिनमात्र सुपथ मुल्य पसलबाट चिनी बिक्री भएको थियो ।
दशैंमा सुपथ मुल्यमा चिनी उपलब्ध गराउन नसके पनि तिहार र छठमा ग्रहाकलाई सस्तोमा चिनी पाउने उनको विश्वास छ ।
सरकार व्यपारीको स्वर्थमा परि चिनीमा परिणात्मक बन्देज लगाएपछि दशैको मुखमा चिनीको भाउ आकाशिएको थियो ।
साल्ट टे«डिङले सस्तोमा चिनी उपलब्ध गराएपछि सुपथ पसलमा चिनी किन्नेको लाईन लागेको छ ।
FACEBOOK COMMENTS