इलाम – इलाममा कार्तिक २५ गते आयोजना गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ।
नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले सम्मेलनका लागि तयारी नपुगेको कारण देखाउँदै तत्काललाई सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।
कार्यपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले चाडपर्व लगत्तै सम्मेलन आयोजना गर्नुभन्दा अलि दिन पछाडि सार्दा त्यसलाई भव्यता दिन सकिने भएकाले सम्मेलन स्थगित भएको बताए।
उनले २५ गतेपछि करिब १५÷२० दिनभित्रै सम्मेलन आयोजना हुनसक्ने भएपनि अर्को निर्णय नहुँदासम्मलाई स्थगित भएको बताए।
आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले इलाम नगरपालिकाले सदरमुकाममा आउँदो २५ गते लगानी सम्मेलन आयोजना गर्ने बताएको थियो।
FACEBOOK COMMENTS